मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ ।

समान अठोट र उद्देश्य बोकेका राजनीतिक शक्तिहरूबीच सहकार्य गर्दै राष्ट्रसेवाको साझा लक्ष्य अघि बढाउने सहमतिसहित दुई दलबीच समायोजन गरिएको हो ।

समायोजनसम्बन्धी सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्मराज चाैधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार दुवै दलले जनआन्दोलनको मर्म, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई साझा राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने भएका छन् । साथै भ्रष्टाचार र कुशासनविरुद्ध संयुक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता पनि जनाइएको