मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सहकारी क्षेत्रमा बेथिति र अनियमितताले जनविश्वास कमजोर : जाँचबुझ आयोगको निष्कर्ष (पूर्णपाठ)

बिहिबार, जेष्ठ १४ २०८३

काठमाडौँ । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक भएको छ ।

सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ ले यस्तो निष्कर्ष निकालेको हो ।

प्रतिवेदनमा नेपालको संविधानले परिकल्पना गरेको तीनखम्बे अर्थनीतिअन्तर्गत सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि पछिल्लो समय वित्तीय अनुशासनको अभाव र नियमन कमजोरीका कारण यसको विश्वसनीयतामा गम्भीर असर परेको उल्लेख गरिएको छ ।

आयोगका अनुसार सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण र मापदण्डको पालना नगरी स्वीकृति दिइएको पाइएको छ ।

यस्ता निर्णय प्रक्रियामा भएका कमजोरीकै कारण धेरै सहकारी संस्थाहरू समस्याग्रस्त बनेको आयोगको निष्कर्ष छ । आयोगले सहकारी क्षेत्रमा देखिएको बेथिति रोक्न नियमन प्रणालीलाई कडाइका साथ लागू गर्नुपर्ने सुझावसमेत दिएको छ ।