मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सभामुखलाई हर्क राईले भने : कि त प्रधानमन्त्रीज्यूलाई यहाँ बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो

बुधबार, जेष्ठ १३ २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राईले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखसँग आग्रह गरे ।

सभामुखलाई सम्बोधन गर्दै उनले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थितिको माग गरिँदै आएको भए पनि त्यसबारे प्रभावकारी रुलिङ हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

राईले सदनको गरिमा कायम राख्न प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउनुपर्ने बताउँदै त्यसो हुन नसके नियमावलीको नियम ३१ को उपनियम (१) प्रयोग गरेर आफूलाई सदनबाट निष्कासन गर्न चुनौती समेत दिए ।

“प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनुहोस्,” उहाँले भन्नुभयो, “कि त प्रधानमन्त्रीज्यूलाई यहाँ बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो ।”

अध्यक्ष राईले सभामुखको कार्यगत बाध्यता र परिस्थितिबारे आफू जानकार रहेको उल्लेख गर्दै नियमको कार्यान्वयन नहुँदा सदनको मर्यादामा असर परेको टिप्पणी गर्नुभयो ।