मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

स्वास्थ्यमन्त्री मेहता र भुटानी समकक्षीबीच स्वास्थ्य सहकार्यबारे छलफल

बुधबार, जेष्ठ १३ २०८३

काठमाडौँ ।  स्वास्थ्यमन्त्री  निशा मेहता र लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ७९औँ विश्व स्वास्थ्यसभा सहभागी हुन जेनेभा पुगेका क्रममा मङ्गलबार उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भेटवार्ताका क्रममा नेपाल र भुटानले समान प्रकृतिका स्वास्थ्य चुनौती सामना गरिरहेकाले त्यसको समाधानका लागि पारस्परिक सहकार्य आवश्यक रहेको विषयमा जोड दिइएको थियो ।

उनका अनुसार छलफलमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणाली सुदृढ पार्ने विषयमा पनि विचार आदानप्रदान भएको थियो । साथै, दुई देशबीचको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउन सहकार्य विस्तार गर्ने समझदारीसमेत भएको मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्री मेहताले विश्व स्वास्थ्यसभाकै क्रममा भारतीय र चिनियाँ समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।