काठमाडौं । सरकारले २९ जना सहसचिवहरूको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
सरकारले प्रशासनिक कामलाई प्रभावकारी बनाउने उद्देश्यसहित सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ । सरुवासम्बन्धी विस्तृत विवरण भने सम्बन्धित मन्त्रालयमार्फत सार्वजनिक गरिने बताइएको छ ।

