मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

बागमती प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मंगलबार, जेष्ठ १२ २०८३

बागमती । बागमती प्रदेशसभा को आज बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेल का अनुसार आज साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले सरकारको आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

यस्तै, प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि पनि आजदेखि छलफल सुरु हुने भएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ ले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि आज बिहान बस्ने प्रदेशसभा बैठकमा छलफल हुने कार्यसूची रहेको सचिव पौडेलले जानकारी दिएका छन् ।