मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रधानमन्त्रीले आज इयू आबद्ध देशका कूटनीतिज्ञसँग संयुक्त छलफल गर्ने

मंगलबार, जेष्ठ १२ २०८३

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे इयू अन्तर्गतका २२ देश तथा दक्षिण–पूर्वी एशियाली मुलुकका ३० भन्दा बढी कूटनीतिज्ञसँग सामूहिक भेट तथा संवाद कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहाल का अनुसार भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका विभिन्न विषयमा छलफल केन्द्रित हुनेछ ।

छलफलमा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली सङ्घको हवाई सुरक्षा ‘कालोसूची’बाट नेपाललाई हटाउने विषयमा समेत पहल गरिने जनाइएको छ ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए ।