मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रेस नियन्त्रण गर्ने सरकारको कुनै मनसाय छैन : सञ्चारमन्त्री

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना ले प्रेसलाई नियन्त्रण गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट गरे।

प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकार पूर्ण रूपमा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए।

उनले भने, “प्रेस स्वतन्त्रताको अधिकार संविधानले दिएको हो । आज, भोलि र पर्सी कसैले पनि यो अधिकार कुण्ठित गर्न सक्दैन । तर प्रेस स्वतन्त्रता स्वच्छन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमा कायम राख्नुपर्छ ।”

मन्त्री तिमिल्सिनाका अनुसार प्रेसले आफ्नो व्यावसायिक मर्यादा र जिम्मेवारी पालन गरे सरकारबाट कुनै हस्तक्षेप हुने अवस्था रहँदैन ।

उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई अझ सक्षम र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए । साथै, मन्त्रालयसँग सम्बन्धित नीति तथा कार्यक्रम र बजेटका विषयमा आएका सुझाव र प्रश्नलाई सरकारले गम्भीर रूपमा लिने उनको भनाइ थियो ।