बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

३८ अंकले बढ्यो नेप्से,चार अर्ब ६१ करोड रुपैंयाँको शेयर किनबेच

सोमबार, बैशाख २८ २०८३

काठमाडौं । नेप्से बढेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से ३८ दशमलव १९ अंकले बढेर २७ सय ८३ दशमलव ८५ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव शुन्य आठ अंकले बढेर चार सय ७३ दशमलव ४१ अंकमा चढेको छ । तीन सय ३२ वटा कम्पनीहरुको ६८ हजार चार सय ४४ पटकको कारोबारमा एक करोड चार लाख ३९ हजार चार सय ३२ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार छ सय ३५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक बढेकाले नेप्सेमा हरियाली छाएको छ । सो मध्ये बाँणिज्य बैक समुहको सुचक १४ दशमलव ७६ अंकले बढेर १४ सय ५९ दशमलव ७० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव २१ अंकले बढेर तीन हजार नौं सय २० दशमलव शुन्य आठ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय २३ दशमलव २६ अंकले बढेर १२ हजार पाँच सय ५३ दशमलव ३८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ७२ दशमलव ५३ अंकले बढेर १० हजार नौं सय ११ दशमलव शुन्य छ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज फष्र्ट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा बढी कमाउँदा त्रिशुली जलबिद्युत कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।