बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बिकास बैंकहरुको तेस्रो त्रैमासिक नाफा सुखद

कुन बैंकको नाफा कति ? (हेर्नुहोस सुचीसहित)

बुधबार, बैशाख १६ २०८३

काठमाडौं । बिकास बैंकहरुको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक नाफा सुखद देखिएको छ । सञ्चालनमा रहेका १७ मध्ये हालसम्म १६ वटा बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा एकाध बाहेकका सबैले नाफा कमाउनुले पनि खुद मुनाफा सन्तोषजनक देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासिक अवधिमा मितेरी डेभलपमेन्ट बैंकले नौं करोड ६२ लाख १८ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा कामना सेवा बिकास बैंकले ५८ करोड ८६ लाख ९८ हजार रुपैैयाँ खुद मुनाफा कमाएको छ । ज्योति बिकास बैंकले पनि यस अवधिमा ६२ करोड ९४ लाख ६२ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा सालपा बिकास बैंकले ३१ लाख ८९ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । मुक्तिनाथ, कर्पोेरेट र एक्सेल डेभलपमेन्ट बैंकले पनि यस अवधिमा क्रमशः ९४ करोड २६ लाख एक हजार, चार करोड ८२ लाख ६३ हजार र १५ करोड ५७ लाख १७ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गरिमा, ग्रीन र लुम्बिनी बिकास बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक अर्ब चार कारेड ८२ लाख ३१ हजार, तीन करोड ५२ लाख ४० हजार र ५६ करोड १६ लाख ८३ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासिक अवधिमा महालक्ष्मी, साँग्रिला, सप्तकोशी र शाईन रेसुंगा डेभलपमेन्ट बैंकले पनि क्रमशः ४५ करोड ९९ लाख ६४ हजार, ४८ करोड ४५ लाख ३१ हजार, पाँच करोड ९० लाख २४ हजार र ७८ करोड ८४ लाख चार हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यस अवधिमा नारायणी र सिन्धु बिकास बैंकले भने क्रमशः चार करोड ९७ लाख ८१ हजार र तीन करोड ३० लाख ८३ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका छन् ।