मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सरकारले फेरि बढायो सार्वजनिक यातायात भाडा

बुधबार, बैशाख १६ २०८३

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। यातायात व्यवस्था विभागले बुधबार सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर समायोजन गरिएको जनाएको छ।

विभागका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैशाख १२ गतेको सैद्धान्तिक सहमतिपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको हो।

डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गर्नुपरेको विभागले जनाएको छ।

हाल बढाइएको भाडा भने विद्युतीय सवारीसाधनमा लागू नहुने स्पष्ट पारिएको छ।

यसअघि पनि सरकारले चैत २५ गते सार्वजनिक यातायातको भाडा बढाएको थियो।