काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको कुनै औचित्य पुष्टि नभएको बताएका छन्।
पोखरेलले भनेका छन्, गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर ओली र लेखकलाई पक्राउ गरिएको भए पनि १० दिनसम्म कुनै वैधानिक औचित्य पुष्टि हुन सकेको छैन। उनले लेखेका छन्, “कार्की आयोगको प्रतिसोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनु पर्यो—यसले धेरै प्रश्न उठाएको छ।”
पोखरेलले सरकारले यी नेताहरूलाई राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको दोहोर्याउँदै, यो कार्यप्रणालीप्रति गम्भीर प्रश्न उठाएको बताएका छन्।