बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सरकारको ऋण नीतिमाथि एमाले महासचिव पोखरेलले उठाए प्रश्न

मंगलबार, चैत्र २४ २०८२

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बालेन शाह नेतृत्वको सरकारको ऋण नीतिमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले दिगो पूर्वाधार विकासका लागि लिइने विदेशी ऋण नेपालका लागि बाध्यता मात्र नभई आवश्यकता पनि भएको उल्लेख गरेका छन्। तर, अघिल्लो सरकारका बेला विदेशी ऋणकै विषयमा कडा आलोचना गर्नेहरू अहिले आफैं ठूलो मात्रामा ऋण लिन थालेको भन्दै उनले विरोधाभास औँल्याएका छन्।

उनले लेखेका छन्, “हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ। हिजो विरोध किन ? आज स्वीकार किन ?”

पोखरेलले वर्तमान सरकारको ऋण लिने प्रक्रिया र त्यसको औचित्यमाथि स्पष्टता आवश्यक रहेको संकेत गरेका छन्।