काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद अर्याललाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरेका छन् ।
बैठकमा सभामुख पदका उम्मेदवारको प्रस्तावक र समर्थकको मन्तव्य सुनेपछि बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते सोमबार अपराह्न १ः०० बजे बस्नेछ।