काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक ले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ।
यसअघि अदालतले जारी गरेको कारण देखाउ आदेशअनुसार विपक्षी सरकारका तर्फबाट लिखित जवाफ पेश भइसकेको स्रोतले जनाएको छ। अब मुद्दाका सबै प्रक्रिया पूरा भइसकेकाले आज दुवै रिट पेसीमा चढेर बहस हुने बताइएको छ।
जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै नेतालाई पक्राउ गरेको थियो।
उक्त पक्राउ गैरकानुनी भएको दाबी गर्दै ओली र लेखकले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। त्यसपछि चैत १६ गते छुट्टाछुट्टै इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
सोही आदेशबमोजिम लिखित जवाफ आइसकेपछि अब अदालतमा दुवै पक्षबीच बहस हुने तयारी भएको छ।