बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

बलात्कार आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ

शनिबार, चैत्र २१ २०८२

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन्। उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट राति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार लम्सालमाथि बलात्कारको आरोप लागेको छ। एक वर्षअघि अमेरिकामा बस्दै आएकी एक युवतीलाई उनले जबरजस्ती गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।