काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे सुरु हुने बताइएको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार गृहमन्त्री सुधन गुरुङले कार्यसूचीको बुँदा नम्बर ७ अनुसार तीन वटा अध्यादेश पेश गर्ने तयारीमा छन्।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार गृहमन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा –दोस्रो संशोधन) अध्यादेश, २०८२ पेश गर्न लागेका हुन्।