बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बिहारको मन्दिरमा भागदौड, ८ महिलाको मृत्यु

बुधबार, चैत्र १८ २०८२

नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारको नालन्दा जिल्लास्थित शीतला मन्दिरमा मंगलबार बिहान भागदौड मच्चिँदा आठ महिलाको मृत्यु भएको छ भने करिब १० जना घाइते भएका छन्।

एक स्थानीय प्रहरी अधिकारीले टेलिफोनमार्फत घटनाको पुष्टि गर्दै स्थानीय समयअनुसार बिहान १० बजेतिर मन्दिर परिसरमा भागदौड सुरु भएको जानकारी दिएका छन्। विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भिडियो फुटेजहरूमा घाइते महिलाहरूलाई उपचारका लागि स्थानीय अस्पतालतर्फ लैजाँदै गरेको देख्न सकिन्छ। केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

घटनासम्बन्धी अनुसन्धान गर्न स्थानीय प्रशासनले छानबिनको आदेश दिएको छ।