बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

मंगलबार, चैत्र १७ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन बोलाएको जानकारी राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले दिए।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

यसैबीच, संघीय संसद् सचिवालय ले राष्ट्रपतिको आह्वानअनुसार दुवै सदनका सदस्यहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ। महासचिव पद्मप्रसाद पाण्डेय द्वारा जारी सूचनामा सबै सांसदहरूलाई सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ।