बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

शेयर बजार राताम्मै, ४७ अंकले घट्दा १२ अर्ब भन्दा बढीको कारोबार

सोमबार, चैत्र १६ २०८२

काठमाडौं । नेप्से घटेर राताम्मै देखिएको छ । अघिल्लो दिन ७१ दशमलव शुन्य पाँच अंकले घटेको नेप्से आज सोमबार ४७ दशमलव ७१ अंकले घटेर २८ सय ३१ दशमलव ३९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९० अंकले घटेर चार सय ८१ दशमलव ५८ अंकमा पुगेको छ । तीन सय ४१ वटा कम्पनीहरुको एक लाख ५९ हजार तीन सय २८ पटकको कारोबारमा तीन करोड १६ लाख छ हजार सात सय १७ कित्ता शेयर किनबेच भएका छन् भने आज कुल कारोबार रकम १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार एक सय ६८ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहरुको शेयर किनबेच हुँदा सबै समुहको सुचक घटेपछि नेप्से राताम्मै देखिएको छ । आज बाँणिज्य बैंक समुहको सुचक २८ दशमलव शुन्य चार अंकले घटेर १४ सय ७९ दशमलव ५२ अंकमा पुगेको छ भने जलबिद्युत समुृहको सुचक पनि ७६ दशमलव ८८ अंकले घटेर तीन हजार आठ सय ९८ दशमलव ९३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ८६ दशमलव २७ अंकले घटेर १३ हजार एक सय १३ दशमलव ५३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ११ दशमलव ५७ अंकले घटेर ११ हजार तीन सय ८२ दशमलव ७३ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यंटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा सोलु हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । रिडी हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।