काठमाडौं । आइतबार बिहान पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बेड नम्बर १०२९ मा राखिएको बताइएको छ।
गृहमन्त्री सुधन गुरुङ का अनुसार, खड्कालाई जेनजी आन्दोलनको क्रममा उनको निवासबाट बरामद रकम सम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी अनुसन्धान अघि बढाएको थियो।
आइतबार जिल्ला अदालतले खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यसै सन्दर्भमा, यसअघि शनिबार पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।
अधिकारिहरूले स्वास्थ्य र अनुसन्धान दुवै पक्षलाई ध्यानमा राख्दै कारबाहीलाई अघि बढाइरहेका छन्।