काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबारमा सुरु हुने छ।
चैत १३ गते गठित वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो।