काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सका नाममा सञ्चालन भइरहेका कार्यक्रम तुरुन्तै बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयका अनुसार, विद्यालय तह र उच्च शिक्षाका तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन भइरहेका यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर, शिक्षामा समतामूलक पहुँचमा बाधा र अभिभावकमाथि अनावश्यक आर्थिक भार थप्ने गरेको निष्कर्ष आएको छ।
साथै, मन्त्रालयले सबै शैक्षिक संस्थालाई विद्यार्थीमैत्री र समावेशी शिक्षण वातावरण निर्माणमा ध्यान दिन आग्रह पनि गरेको छ।
