बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सोमबार, चैत्र १६ २०८२

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित काली मन्दिर नजिक भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुने युवक दुहबी नगरपालिका–९ का २२ वर्षीय विपीन चौधरी हुन्। प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार, प्र१–०२–०४८ प ७९३८ नम्बरको मोटरसाइकल राति दुर्घटना हुँदा विपीन पछाडि सवार थिए र गम्भीर घाइते भएका थिए। उपचारको क्रममा उनकी मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक विप्लव चौधरी ९२२० सामान्य घाइते भएका छन् र उनको उपचार भइरहेको छ। प्रहरीले दुर्घटना तीव्रगतिका कारण भएको जनाएको छ र घटना सम्बन्धी अनुसन्धान जारी रहेको छ।