बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

ओली पक्राउपछि एमाले सचिवालयको आकस्मिक बैठक

शनिबार, चैत्र १४ २०८२

काठमाडौँ । नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ।

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो।

पार्टी नेताहरूका अनुसार बैठकमा पछिल्लो घटनाक्रमको समग्र विश्लेषण गर्दै अबको रणनीति, आन्दोलनका कार्यक्रम तथा राजनीतिक कदमबारे निर्णय लिने तयारी गरिएको छ।