काठमाडौँ । नेकपा एमाले का नेता गोकुल बास्कोटाले वालेन्द्र शाह नेतृत्वको सरकारले अवलम्बन गरेको मोडल नेपाली समाजले स्वीकार नगर्ने टिप्पणी गरेका छन्।
सरकार बनेको २४ घण्टा नबित्दै विकसित राजनीतिक घटनाक्रमप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले प्रतिशोध र पूर्वाग्रहको राजनीति नेपाली समाजको स्वभावसँग मेल नखाने स्पष्ट पारेका छन्।
उनले लेखेका छन्, “बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो। पार्ट टु भनौँ होला। पार्ट थ्री कति समयमा पुग्ने हो? पाकिस्तानी र बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन। पूर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुँदै छैन। जसलाई जे सुकै लागोस्।”