बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

ओली–लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

शनिबार, चैत्र १४ २०८२

काठमाडौँ । प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगाएको छ।

भक्तपुरको गुण्डु र कटुञ्जेस्थित निवासबाट पक्राउ परेका दुवै नेतालाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखेको थियो।

प्रहरी अधिकारीहरूले नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको र परीक्षणपछि उनीहरूलाई पुनः हिरासतमा राखिने बताएका छन्।

आज सार्वजनिक बिदा भएको कारण, म्याद थपसम्बन्धी सरकारी वकिल र अदालती प्रक्रियाका लागि भोलिसम्म कुर्नुपर्ने प्रहरीले जानकारी दिएको छ।