बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सुदन गुरुङ गृहमन्त्री बन्दै

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं  । बालेन्द्र साह नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा चार जना मन्त्रीको पद तय भएको छ। गृह मन्त्रालयको जिम्मेवारी सुदन गुरुङलाई दिइएको छ।

लामो रसाकस्सीपछि सुदनको नाम फाइनल भएको हो। जेनजी आन्दोलनपछि चर्चामा आएका गुरुङले सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय पाएका छन्। रास्वपा सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए भने बालेन्द्र साहले सुनील लम्साललाई अघि सारेका थिए। तर, सुदनले आफू गृहमन्त्री बन्नुपर्ने अड्डी लिएपछि अन्ततः दुवै पक्ष लचक भएको बुझिएको छ।

अन्य मन्त्रालयमा भने अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल र कानूनमन्त्रीमा सोविता गौतम फाइनल भएका छन्।

सुधन गुरुङ गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका हुन् । गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुर्ख्यौली थलो भएका गुरूङको जन्म २०४४ सालमा भएको हो ।