शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

दाङमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, एक घाइते

शुक्रबार, चैत्र १३ २०८२

 दाङ । दाङको घोराही उपमहानगरपालिका–१० सौडिकुलामा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।