बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१४ अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

बिहिबार, चैत्र १२ २०८२

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन २४ दशमलव ४५ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार १४ दशमलव २१ अंकले बढेर १९ सय ५० दशमलव १६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९८ अंकले बढेर पाँच सय दुई दशमलव ४४ अंकमा चढेको छ । तीन सय ४३ वटा कम्पनीहरुको एक लाख ४२ हजार सात सय ३४ पटकको कारोबारमा तीन करोड चार लाख ३८ हजार तीन सय १५ कित्ता शेयर किनबेच भएका छन् भने आज कुल कारोबार रकम १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा बिकास बैंक समुहको सुचक तीन दशमलव ८१ अंकले घटेर छ हजार तीन सय ६९ दशमलव ७१ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ६३ अंकले घटेर १३ हजार छ सय दशमलव ३० अंकमा पुगेको छ । व्यापार समुहको सुचक पनि आज घटेको छ भनेसामुहिक लगानी कोष समुहको सुचक स्थिर रहेको छ । बाँणिज्य बैंक समुहको सुचक भने पाँच दशमलव ७५ अंकले बढेर एक हजार पाँच सय ५० दशमलव ८२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६२ दशमलव ७८ अंकले बढेर चार हजार ६५ दशमलव ७६ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ५० दशमलव ८७ अंकले बढेर ११ हजार आठ सय ५८ दशमलव ९६ अंकमा पुगेको पुगेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा पञ्चकन्या माई हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।