बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले सांसदहरूलाई च्यासल बोलाइयो

बिहिबार, चैत्र १२ २०८२

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई केन्द्रीय कार्यालय च्यासलमा उपस्थित हुन निर्देशन दिएको छ।

प्रतिनिधिसभाका सदस्यहरूलाई शपथ ग्रहणलगत्तै च्यासल पुग्न भनिएको हो। पार्टीका प्रचार संयोजक मीनबहादुर शाही का अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली ले समसामयिक राजनीतिक अवस्थाबारे सांसदहरूलाई निर्देशन दिने बताइएको छ।

पार्टी अध्यक्ष ओली आफ्ना पिताको निधनपछि पहिलोपटक च्यासलस्थित पार्टी कार्यालयमा उपस्थित हुन लागेका हुन्।