काठमाडौं । श्रम संस्कृति पार्टी का अध्यक्ष हर्कराज साम्पाङ ले आफ्नो पार्टीले सरकारलाई रचनात्मक तथा आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताएका छन्।
शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरू प्रतिपक्षमा रहेर पनि आवश्यकताअनुसार सरकारका राम्रा काममा साथ दिने स्पष्ट पारे।
“हामी प्रतिपक्षमा रहन्छौँ, किनकि हामीले पाएको जनादेश त्यही हो। तर प्रतिपक्षी भन्नेबित्तिकै विरोध मात्र गर्ने होइन, राम्रो काममा हाम्रो पूर्ण समर्थन हुन्छ,” उनले भने।
उनले यसपटकको संसद्मा आफूजस्तै धेरै नयाँ अनुहारहरू रहेको उल्लेख गर्दै सिक्ने अवसर धेरै रहेको पनि बताए।