काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।
यस निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्य निर्वाचित भएका छन् । नेपाली कांग्रेस का सांसद केसी समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन् ।
ज्येष्ठ सदस्य केसीले भोलि चैत १२ गते प्रतिनिधिसभाका निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम पनि तय गरिएको छ ।