काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय गरिएको छ।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशन बोलाउने विषय प्रमुख एजेण्डाका रूपमा रहने बुझिएको छ। कांग्रेसले आगामी भदौ २४ गते पार्टीका संस्थापक बीपी कोइराला को जन्मजयन्ती पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ।
बैठकमा सहभागी हुन सभापति गगन थापा सहित शीर्ष नेताहरू सानेपास्थित केन्द्रीय कार्यालयमा पुगिसकेका छन्। सभापतिको सम्बोधनपछि आजको बैठकमा आगामी महाधिवेशनको कार्यतालिका, तयारी तथा व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
महाधिवेशनलाई केन्द्रमा राख्दै पार्टीको संगठन सुदृढीकरण, नेतृत्व चयन प्रक्रिया तथा भावी रणनीतिबारे पनि बैठकमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ।
वर्तमान राजनीतिक परिवेशमा कांग्रेसको आगामी महाधिवेशनलाई पार्टीको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।