बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कस्ताे रहला आज काठमाडाैंकाे माैसम ?

सोमबार, चैत्र ९ २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकामा अघिल्लो दिनको तुलनामा आज (सोमबार) न्यूनतम तापक्रम उल्लेख्य रूपमा बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा तापक्रम ११.८ डिग्री सेल्सियस पुगेको छ, जुन आइतबारको तुलनामा ३ डिग्रीभन्दा बढीले वृद्धि भएको हो। आइतबार प्रारम्भिक रूपमा ८.५ डिग्री सेल्सियस मापन भएको तापक्रम अन्तिममा ८.४ डिग्रीमै कायम रहेको थियो।

महाशाखाले आजको वास्तविक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गरिने जनाएको छ। सामान्यतया यस समयमा तापक्रम प्रारम्भिक मापनभन्दा केही घट्ने सम्भावना रहन्छ, यद्यपि कहिलेकाहीँ उही स्तरमा पनि कायम रहन सक्छ।

मौसमको अवस्थाबारे महाशाखाले काठमाडौँ उपत्यकामा आज वर्षा हुने सम्भावना अत्यन्त न्यून रहेको जनाएको छ। दिनभर आंशिक बदली रहने अनुमान गरिएको छ भने घाम पनि लाग्नेछ। तर प्रि-मनसुन सुरु भइसकेकाले साँझपख हल्का वर्षाको सम्भावना भने पूर्ण रूपमा नकार्न नसकिने जनाइएको छ।