काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसरका अनुसार ललितपुर महानगरपालिका–हरिसिद्धि क्षेत्रमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो।
दुर्घटनामा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।