काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ट्रम्पले उक्त जलडमरू पूर्ण रूपमा सुरक्षित बनाउँदै तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका हुन्। उनले समयसीमा भित्र माग पूरा नभए कडा सैन्य कारबाही हुने चेतावनी दिएका छन्।
ट्रम्पका अनुसार यदि इरानले तोकिएको समयभित्र होर्मुज नखोले अमेरिका इरानका ऊर्जा संरचनामाथि आक्रमण गर्नेछ। ‘अमेरिका इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण सुरु गर्दै क्रमशः अन्य ऊर्जा संरचनाहरू पनि नष्ट गर्नेछ,’ उनले चेतावनी दिएका छन्।
यो चेतावनीसँगै मध्यपूर्व क्षेत्रमा तनाव थप बढ्ने संकेत देखिएको छ।