बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आज कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आइतबार, चैत्र ८ २०८२

काठमाडौँ । देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ। यसका कारण कोशी, मधेस र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको बताइएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी र मधेसका केही स्थानसहित बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यमसम्म वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।