जनकपुरधाम । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अर्चना गरेकी छन् ।
अन्तरिम सरकारको नेतृत्व गर्ने क्रममा पहिलो पटक जनकपुरधाम आइपुगेकी प्रधानमन्त्री कार्कीले मन्दिरमा पूजा अर्चना गरेपछि मन्दिरका महन्थ तथा पूजारीहरूसँग भेटघाट पनि गर्नुभएको थियो।
उनले पूजा र भ्रमण अनुभवलाई उपलब्धिमूलक रहेको बताउँदै आफू राजनीति गर्न नभई धार्मिक प्रयोजनका लागि मात्र यहाँ आइपुगेको स्पष्ट पारे।
जनकपुरधाम भ्रमणपछि प्रधानमन्त्री कार्की महोत्तरीको गौशाला, महोत्तरी पुगेर निगौल गाई गौशालाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।