बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

रवि लामिछानेविरुद्धको मुद्दाको सर्वोच्चमा आज पनि सुनुवाइ

बिहिबार, चैत्र ५ २०८२

काठमाडौँ । सर्वोच्च अदालतमा रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज पनि सुनुवाइ भइरहेको छ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा गत आइतबारदेखि सुनुवाइ जारी छ।

मंगलबार उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो। बुधबार काठमाडौँ उपत्यकामा घोडेजात्रा सार्वजनिक बिदा भएको कारण बहस हुन सकेको थिएन। आज बहस सकिएमा निर्णय आजै आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ।

यसअघि महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारले लगाएका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्। उक्त निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।