बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र दिइने, राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन

बिहिबार, चैत्र ५ २०८२

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना सांसदलाई आज निर्वाचित प्रमाणपत्र प्रदान गरिने भएको छ।

निर्वाचन आयोग नेपालले गत सोमबार समानुपातिकतर्फ निर्वाचित सांसदहरूको सूची सार्वजनिक गरेको थियो। सो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का ५७, नेपाली कांग्रेस का २०, नेकपा एमाले का १६, नेपाल कम्युनिष्ट पार्टी का ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट चार/चार जना सांसद निर्वाचित भएका छन्।

आयोगले आजै निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को अन्तिम परिणामसहितको समग्र प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बुझाउने तयारी गरेको छ।

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश भएसँगै नेपालको संविधान, २०७२ को धारा ७६(१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।