म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा नयाँ सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ। गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको मंगलबार उद्घाटन गरेका हुन् ।
उनले स्वास्थ्य सेवा सबैसम्म पुगाउने विषयमा पालिका प्रतिबद्ध रहेको भन्दै गाउँको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीका अनुसार यस स्वास्थ्य एकाइबाट एक सय ३० परिवारले प्रत्यक्ष लाभ पाउनेछन्। अब बासिन्दाले रणवाङ, अर्मन, कुहुँ, सिङ्गा र पुलाचौरसम्म पुगेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता अन्त्य भएको छ।
यसअघि गाउँपालिकाले बुकेनी, हिदी र धारामा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिसकेको थियो।