बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

देउखुरीमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

बुधबार, चैत्र ४ २०८२

 दाङ । गए राति देउखुरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

गढवा इलाका प्रहरी कार्यालयका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गढवा गाउँपालिका–५ निवासी ३६ वर्षीय भानु रिजालको ज्यान गएको हो।

प्रहरी निरीक्षक डबलबहादुर बमले दुर्घटनापछि ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।