बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन हुँदै

मंगलबार, चैत्र ३ २०८२

गण्डकी । नेपाल पर्यटन बोर्डले पोखरा अन्तरराष्ट्रिय विमानस्थल मा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ। यसका लागि नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरी सँग सहकार्य गरिएको छ।

पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी उपलब्ध गराउने तथा यात्रामा सहजीकरण गर्ने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागिएको हो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेका अनुसार केन्द्र सञ्चालनपछि पर्यटकले आवश्यक सूचना सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

पर्यटकको सुरक्षासहित सहजीकरणका लागि केन्द्रमा पर्यटन बोर्डका कर्मचारीसँगै दुई जना पर्यटक प्रहरी खटाइने व्यवस्था गरिएको छ।

पर्यटनको राजधानीका रूपमा परिचित पोखरा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षण केन्द्रका रूपमा स्थापित छ। सूचना केन्द्र सञ्चालनसँगै यहाँ आउने पर्यटकलाई थप सुविधा पुग्ने विश्वास गरिएको छ।