बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेश र मणिपाल शिक्षण अस्पतालबीच सम्झाौता

मंगलबार, चैत्र ३ २०८२

पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश र नेपाल मणिपाल शिक्षण अस्पताल पोखराबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ।

पोखरास्थित आर्इतबार सम्झौता भएको हो । प्रतिष्ठान गण्डकी प्रदेश तथा प्रदेश मातहतका पदाधिकारी, सदस्य, संरक्षक, सल्लाहकार र आजीवन सदस्यहरूले परिचयपत्र अथवा संस्थाको सिफारिसको आधारमा अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा सम्झौतापत्रमा उल्लेख भएअनुसार छुट सुविधा प्राप्त गर्ने भएका छन् ।

सम्झौताले प्रतिष्ठानसँग आबद्ध कलाकार तथा सदस्यहरूलाई उपचार सेवामा सहज पहुँच उपलब्ध गराउने विश्वास गरिएको छ। प्रतिष्ठान गण्डकी प्रदेश समितिकी अध्यक्ष माया गुरुङले कलाकार तथा सदस्यहरूको स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यले सहकार्य गरिएको बताइन्।

सम्झौता सम्पन्न गर्न सहयोग पुर्‍याएकोमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल लगायत कृष्णमोहन श्रेष्ठ र रेशम रचक सरल प्रति प्रतिष्ठानले आभार व्यक्त गरेको छ।

सम्झौता कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेशका महिला उपाध्यक्ष मन्जु विक, द्वितीय उपाध्यक्ष होम गुरुङ, सचिव कृष्ण सुवेदी, महिला सचिव सुनिता नेपाली, सहसचिव टेक क्षेत्री तथा सदस्य किसान नेपालीको उपस्थिति रहेको थियो।

यस सहकार्यले प्रतिष्ठानसँग आबद्ध सदस्य तथा कलाकारहरूलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने गरिएको छ।