बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

समानुपातिकतर्फ रास्वपाले टुंग्यायो ५७ सांसदको नामावली

आइतबार, चैत्र १ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा पठाउने ५७ जना सांसदको नामावली टुंगो लगाएको छ।

आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली तय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार खसआर्य क्लस्टरबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारूबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ।

निर्णयअनुसार उक्त नामावली आजै निर्वाचन आयोग नेपाल मा बुझाइने प्रवक्ता झाले बताउनुभयो।

यद्यपि, यी क्लस्टरबाट को–को व्यक्ति छनोट भए भन्ने विवरण भने रास्वपाले सार्वजनिक गरेको छैन। निर्वाचन आयोगले नामावली रुजु गरेर स्वीकृत गरेपछि मात्रै उम्मेदवारहरूको नाम सार्वजनिक गरिने प्रवक्ता झाले जानकारी दिए।