काठमाडौँ । शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा रु ४,८०० र चाँदीको मूल्य रु २२५ ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३,०९,४०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु ५,२७० निर्धारण गरिएको छ।
गत शुक्रवार छापावाल सुन प्रतितोला रु ३,१४,२०० र चाँदी रु ५,४९५ मा कारोबार भएको थियो। बिहीवार सुन प्रतितोला रु ३,१७,००० र चाँदी रु ५,५१५ मा कारोबार भएको थियो भने बुधबार सुनको मूल्य रु ३,१९,००० र चाँदी रु ५,७२० प्रतितोला कायम थियो।
अन्तर्राष्ट्रिय बजारअनुसार आज एक औँस सुन करिब ५,०२३ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।