बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

मनकामना माइक्रोबस दुर्घटनाः सात जनाको मृत्यु,  आठ जना घाइते

आइतबार, चैत्र १ २०८२

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेको बाप्र०१–००६ ख ८४३० नम्बरको माइक्रोबस गत राति करिब ८:०० बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सात जनाको मृत्यु भएकामा तीमध्ये पाँच पुरुष र दुई जना महिला रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । उनले माइक्रोबसमा सवार १५ जनामध्ये सात जनाको घटनास्थलमा नै मृत्यु भएको  र अन्य आठ जना घाइते भएको बताए ।

घाइते सबैको उद्धार गरी उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पतालमा पठाइएको छ ।
वडा नं ३ का अध्यक्ष दीपक पाण्डेका अनुसार माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।