बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

आइतबार, फाल्गुन २४ २०८२

इलाम। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार उनले २२ हजार ४२६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मत अन्तरले पराजित गरेका हुन्।

यसअघि भएको उपनिर्वाचनमा सुहाङ नेम्वाङले इलाम–२ बाट निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पराजित गर्दै विजयी भएका थिए। सो उपनिर्वाचन उनीका बुवा सुवास नेम्वाङको निधनपछि रिक्त भएको स्थानमा २०८१ वैशाख १५ गते भएको थियो।

यसपटकको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले १४ हजार ४ सय, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोकुल राईले ७ हजार ८ सय १४ मत, र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १ सय ७२ मत प्राप्त गरेका छन्।

इलाम–२ मा एक लाख १९ हजार ४८९ मतदाता रहेका थिए भने ६७ हजार ६६४ मत खसेको थियो। यसमध्ये ३ हजार ८ सय ८३ मत बदर भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्। यस क्षेत्रमा १३ दलका १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए।