बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

श्रम संस्कृति पार्टीले पनि खाेल्याे खाता, खोटाङमा आरेन राई विजयी

आइतबार, फाल्गुन २४ २०८२

खोटाङ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार उनले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का देवबिक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरेका छन्।